लघुवित्त कर्मचारीले दिए शैक्षिक सामाग्री

रामेछाप । लघुवित्त कर्मचारी मञ्चले जनविजय आधारभूत विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामाग्री दिएको छ । मन्थली नगरपालिका ५ सुनारपानी रहेको विद्यालयका विद्यार्थीलाई मञ्चले शैक्षिक सामाग्री वितरण गरेको हो ।
कर्मचारी मञ्चले शुक्रवार विद्यालयमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामाग्री दिएको हो । विद्यालयमा अध्ययनरत ५४ जना दलित विद्यार्थी सहित ५८ जनालाई विभिन्न शैक्षिक समाग्रीहरु प्रदान गरिएको लघुवित्त कर्मचारी मञ्च रामेछापका अध्यक्ष बद्री सुवेदीले बताए ।
विद्यालयका विपन्न ५ जना विद्यार्थीलाई मञ्चले स्कुल ड्रेस ,चप्पल, झोलाका र बाँकी विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री दिएको सुवेदीले बताए। विद्यालयको शैक्षिक सुधार तथा विपन्न विद्यार्थीका लागि राहत दिने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको सुवेदीले थपे ।
मञ्चले गरेको सहयोग र सामाजिक कार्यप्रति उक्त वडाका अध्यक्ष रबिन कार्की (नवीन) ले खुसी व्यक्त गरे । मञ्चद्वारा वितरण गरिएको सहयोग आगामी दिनहरूमा पनि निरन्तरता होस् भन्ने अनुरोध विद्यालयका प्रधानाध्यापक भगवती श्रेष्ठले गरिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button