वडा कार्यालयमै वक्तृत्वकला

रामेछाप । मन्थली नगरपालिकाको वडा नं. २ को वडा कार्यलयमा वक्तृत्वकला सम्पन्न भएको छ । वडा नं. २ को सहयोगमा गौरिशंकर लगनशिल वडा बाल सञ्जालको आयोजनामा भएको वक्तृत्वकला वडा कार्यालयमै सञ्चालन गरिएको थियो ।
वक्तृत्वकलामा ५ विद्यालयको बाल समुहहरूको सहभागीता रहेको वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताए । उनका अनुसार वडा भित्रका सगरमाथा बाल समूह, टेकानपुर बाल समूह, लालिगुरास बाल समुह र विद्यालयबाट ताम्राकौसिका बाल समूह र नीलकण्ठेश्वर बाल समूहले सहभागीता जनाएको थियो ।
१५ जनाको सहभागी रहेको वक्तृत्वकलामा नीलकण्ठेश्वर बाल समूहका देवेन्द्र बुढाथोकी, सिता खड्का र गुणाकुमारी बिसुन्के क्रमशः प्रथम, द्वितिय र तृतिय भए भने ताम्राकौसिका बाल समूहकी ईन्दिरा बिसुन्केले सान्त्वना स्थान हाँसिल गरिन् ।