बाढीका कारण एमाले मुख्यालय जलमग्न

ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन जलमग्न भएको छ । गत रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले मुख्यालय डुबान परेको हो ।
मनोहरा र बागमती नदीमा बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसरमा पानी जमेर जलमग्न भएको छ ।