४२ स्वास्थ्य शिबिर मार्फत ५ हजार जनाको शल्यक्रिया

रामेछाप १७ साउन । तिलगंगा आँखा प्रतिष्ठान रामेछापले जिल्लामा ४२ वटा स्वास्थ्य शिबिर मार्फत अहिले सम्म ५ हजार ८८ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।
प्रतिष्ठानले बिहिबार मन्थलीमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रमा उक्त जानकारी गराएको हो । शल्यक्रियाका अतिरिक्त अहिले सम्म तिलगंगा आँखा प्रतिष्ठानबाट रामेछाप जिल्लाका २ लाख भन्दा बढीले आँखा सम्बन्धि स्वास्थ्य सेवा लिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतिष्ठानले बिगत २३ बर्षको अबधिमा जिल्लाका दुर्गम गाउँहरुमा पुगेर स्वास्थ्य शिबिर मार्फत उक्त सेवा उपलब्ध गराएको जनाएको छ । तिलगंगा आँखा प्रतिष्ठानले रामेमछाप जिल्लाको सदरमुकाम मन्थलीमा २३ बर्ष अगाडिबाट गैर सरकारी संस्था तामकाकोसी सेवा समितिसंगको सहकार्यमा सेवा उपलब्ध गराउँदै आएको थियो । अहिले प्रतिष्ठानले रामेछाप सामुदायिक आँखा केन्द्र मार्फत उक्त सेवा दिंदै आएको तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ट कार्यक्रम अधिकृत हरि कार्कीले बताउनु भयो ।
रामेछाप सामुदायिक आँखा केन्द्रका अध्यक्ष डा. सुमन कर्माचार्यको अध्यक्षतामा सम्पन्न सामाजिक लेखा परिक्षण कार्यक्रममा केन्द्रका इन्चार्ज उमेश तामाङ्गले रामेछाप जिल्लाको आँखा स्वास्थ्यको क्षेत्रमा हालसम्म गरेको कामका बारेमा जानकारी गराउनु भएको थियो । तिलगंगा आँखा प्रतिष्ठानले रामेछाप सामुदायिक आँखा केन्द्र मार्फत जिल्लाका विभिन्न दुर्गम गाउँहरुमा शिबिरहरु संचालन गर्दै आएको छ । प्रतिष्ठानले मन्थलीका अतिरिक्त रामेछाप नगरपालिका, खाँडादेबी गाउँ पालिका र लिखुतामाकोसी गाउँपालिकामा ग्रामिण आँखा स्वास्थ्य केन्द्र संचालनमा ल्याएको जनाएको छ । यस प्रकारको केन्द्र स्थापाना गर्नेमा खाँडादेबी गाउँपालिका नेपाल कै पहिलो स्थानीय तह भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
साामाजिक लेखा परिक्षण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति लेखबहादुर कार्की, नेकपा एमालेका उपाध्यक्ष होतराज ढकाल, नेकपा माओवादी केन्द्रका नेता उद्धव रम्तेल, राप्रपाका नेता शिवजी घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ लगायतका बक्ताहरुले तिलगंगा आँखा प्रतिष्ठानले जिल्लामा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button