कर्णालीमा कांग्रेसका चार मन्त्री नियुक्त हुँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री सहभागी हुने भएको छन् । सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा रहेका छन् । स्रोतका अनुसार उनीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने छ ।