रामेछाप दोरम्बा शैलुङमा हत्या गरी फरार भएका भक्तपुरवाट पक्राउ

काठमाडौं । कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप दोरम्बा शैलुङ गाउँपालिका(३ घर भएका ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका(३ स्थित सल्यानी भीरमा २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात पश्‍चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका(८ दार्जिलिङ हाईटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button