राजधानी हेटौंडामा पनि सुरू भयो र्यापटिङ सेवा

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिवारदेखि र्यापटिङ सेवा औपचारिक रूपमा सुरु भएको छ।

राप्ती खोलामा सुरु गरिएको यो सेवा हेटौँडाको राप्तीपुलदेखि रजैया(ज्यामिरेसम्म सञ्चालन हुनेछ।

यस अघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्यापटिङको अनुभव अब हेटौँडावासीले आफ्नै सहरमा लिन पाउने भएका छन्। नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा।लि।द्वारा सञ्चालित यो सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती सहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए।

मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले राप्ती नदीमा र्यापटिङलाई व्यवसायीकरण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक मनहरी भित्राउन मद्दत पुग्नुका साथै आर्थिक समृद्धि समेत हुने विश्वास रहेको बताएका छन् । उनले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्त्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button