नेपाल आदिवासीफोनिज रामेछापबाट पत्रकार नबराज पथिक र तुल्सीदेवी श्रेष्ठ सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले रामेछाप जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई सम्मान गरेको छ । फोनिजको २५ औँ स्थापना दिवका अवसरमा फोनिज रामेछापले आइतबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा सम्मान कार्यक्रमको आयोजना गरी खोज पत्रकारिता वर्ष पुरस्कार २०८१ र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८१ बाट दुई जना पत्रकारलाई सम्मान गरेको हो ।
खोज पत्रकारिता पुरस्कार नवराज पथिकलाई
रामेछाप सदरमुकाम मन्थलीबाट सञ्चालित रेडियो इनर्जी १०६.२ मेघाहर्जका प्रबन्ध निर्देशक नवराज पथिक सम्मानित हुनुभएको छ । दुई दशक भन्दा बढी समयदेखि रामेछाप जिल्लामा रही स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूमा सक्रिय रहनुभएका पथिक नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको खोज पत्रकारिता वर्ष पुरस्कार २०८१ बाट सम्मानित हुनुभएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ९कान्छाराम० र फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले पत्रकार पथिकलाई पाँच हजार रुपैयाँको चेक सहित दोसल्ला ओढाएर कदर पत्रले सम्मान गर्नुभएको थियो ।

सम्मानपछि बोल्दै पत्रकार पथिकले पत्रकारिताको क्षेत्रबाट आफूले गरेको काम र योगदानलाई सम्मान गरी फोनिज रामेछापले सम्मान स्वरूप दिएको पाँच हजार रुपैयाँ नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय डहु मावि बेथानामा अध्ययनरत दुई जना अभिभावक विहीन दलित समुदायका बालकहरूको विद्यालय सामाग्रीका लागि समर्पण गर्ने घोषणा गर्नुभएको छ । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पथिक हाल रेडियो इनर्जी १०६।२ मेघाहर्जका प्रबन्ध निर्देशक हुनुहुन्छ । इन्सेक रामेछापका जिल्ला प्रतिनिधि समेत रहनुभएका पथिक अहिले एभिन्युज टेलिभिजनको रामेछाप रिपोर्टर तथा सनराइज खबर अनलाइनका सहायक सम्पादक हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button