झापामा पेस्तोलसहित एकजना ब्यक्ति पक्राउ

झापा । झापामा पेस्तोलसहित एक ब्यक्ति पक्राउ परेका छन् ।
दमक नगरपालिका–५ बानेश्वर हाईटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थान सहित सोही नगरपालिका (८ बस्ने ३६ वर्षीय संजिव गजमेरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को.३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक गजमेरलाई पक्राउ गरेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।



