लागूऔषधसहित दुई जना पक्राउ

सिन्धुली । अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

कमलामाई नगरपालिका(९ चोरखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय ५ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा गाउँपालिका(३ बस्ने ३६ वर्षीय लाल बाबु यादव र ४२ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन् ।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले सिराहाबाट खोटाङ हलेसीतर्फ जाँदै गरेको प्रदेश २-०१-००२ प ९९३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button