अरुण नदीमा बढ्यो जलसतह, सर्तकता अपनाउन आग्रह

सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।
स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।