प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेका हुन् ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरिएको नियुक्तिमा गलत धाराको प्रयोग भएको दाबी गर्दै तीन वटा छुट्टाछुट्टै रिट संवैधानिक इजलासमा दर्ता भएको थियो । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुनुवाइ गर्न उपयुक्त भएको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थिए। सो आदेशअनुसार आज संवैधानिक इजलासमा पेशी तोकिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले असार ३१ गते सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button