प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा जनताको संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्छःनैनसिंह महर

टीकापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि सरकार जिम्मेबार बन्नु पर्ने बताएको छ।

टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संयुक्त सरकारको ठूलो दल कांग्रेसले समेत महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका छन्।

‘संविधानको शिक्षासम्बन्धी मौलिक हकमा नागरिकले निस्शुल्क स्वास्थ्य शिक्षा पाउने कुरा उल्लेख गरेका छन्। तर, हाम्रा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन्। यसको अन्त्य हुनुपर्छ,’ महरले भने।

संवैधानिक व्यवस्था कार्यान्वयनमा कांग्रेस लागेको र निस्शुल्क स्वास्थ्य शिक्षाका कार्यान्वयनका लागि आधार तयार पारिरहेको उनले जानकारी दिएका छन्। उनले यस विषयमा सरकारसँग आवश्यक छलफल हुने बताउँदै भने, ‘कांग्रेसले समग्र शिक्षा क्षेत्रको विकासका लागि पोलिसी निर्माण गर्ने अभियान थालेको छ। निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार, जनताको अधिकार, नेपाली कांग्रेसको सरकार भन्ने नारा ऐजेण्डा उठाएको छ। निःशुल्क र गुणस्तरिय शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउने प्राय राजनीतिक दलले घोषणापत्रमा मात्र सीमित राखेका छन्।

जनताको शिक्षा र स्वास्थ्यमा राज्यले सहयोग गर्नुपर्ने उनले बताए। शिक्षा र स्वास्थ्य नै महँगो भए नागरिकले आफ्ना सन्तान पढाउन र उपचारका लागि जोहो गर्नकै लागि भए पनि आफ्नो आम्दानीले नपुगेर भ्रष्टाचार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको महरले चिन्ता व्यक्त गरे। शिक्षा र स्वास्थ्य मात्र निस्शुल्क गर्न सकेमा धेरै भ्रष्टाचार आफैँ रोकिने उनको धारण छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button