पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेका छन् ।
प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएका छन् । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।