करदाता सेवा कार्यालय रामेछापमा धर्ना , २२ दिन देखि सुनचाँदी व्यावसायिक आन्दोलनमा

रामेछाप । नेपाल सुनचादी कला ब्यबसायी संघ जिल्ला शाखा रामेछाप २२ दिन देखि आन्दोलनरत छ । संघले आन्दोलनको २२ औं दिन आज सोमबार धर्ना कार्यक्रम गरेको छ । करदाता सेवा कार्यालय मन्थलिमा धर्ना कार्यक्रम गरेको थियो । संघका कार्यवाहाक अध्यक्ष तुल बहादुर विश्वकर्माको नेतृत्वमा करदाता सेवा कार्यालय प्रमुख कृष्ण आचार्यलाई जानकारी गराई कार्यालयको मुल गेटमा धर्ना बसेका थिए । घर्नाका कारण कारिब ४५ मिनेट जति कार्यालयको कामकाज ठप्प भएको नेपाल सुनचाँदी ब्यवसायी कालीगढ तथा सँघर्स समितिका सचिव सिताराम लोहारले जानकारी दिए ।
देशब्यापी आन्दोलनमा रहेको संघले नेपाल सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेट मार्फत उपभोक्ताहरुको हित बिपरित असबैधानिक ६ प्रतिशत बिलासिता कर लगाएतको खारेजिको माग सहित बिरोधका कार्यक्रम अघि सारेको हो । माग पूरा नभए सम्म हाम्रो आन्दोलन जारी रहने र साउन १ देखि संघको केन्द्रिय निर्देशन अनुसार नयाँ ढंगबाट आन्दोलन गरिने कार्यवाहाक अध्यक्ष तुल बहादुर विश्वकर्माले जानकारी दिए ।
व्यावसायिकहरुले सबै सटरमा अनिश्चित कालीन बन्द गरि आन्दोलनमा उत्रिदा सेवाग्राहीहरु समस्यामा परेका नेपाल सुनचाँदी ब्यवसायी कालीगढ तथा सँघर्स समितिका सचिव सिताराम लोहारले बताए ।
आन्दोलनका कारण सेवाग्राहिलाई समस्या हुनुका साथै बजारमा दैनिक रुपमा हुने आर्थिक गतिविधिलाई असर गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button