महामञ्जुश्री मन्दिरमा बिहानैदेखि घुइँचो
समाचार
भक्तपुर । आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले जानकारी दिए । महामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार यहाँ हरेक वर्ष श्रीपञ्चमीका दिन भीड…
Read More »जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव दोषी ठहर
समाचार
श्रीमान् जीवित छँदाछँदै मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिलालाई मंगलबार विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले रामेछापको मन्थली ३ का तत्कालीन वडासचिव शिवकुमार महतोलाई पनि दोषी ठहर गरेको छ ।विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार न्यायाधीशहरू टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडा सचिव महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर…
Read More »मानुङकोटको खानेपानी समस्या समाधान हुँदै
समाचार
डुम्रे । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको…
Read More »पाल्पा जीप दुर्घटना : मृतक १० जनाकोे सनाखत
समाचार
पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१…
Read More »बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
समाचार
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ । लुम्बिनी बचाउ सङ्घर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ । समितिले मायादेवी मन्दिर लगायत अन्य स्थानबाट हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको बताएको छ । समितिले…
Read More »‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’
समाचार
सोलुखुम्बु । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार गरिसकेका उनि मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउछन । उनले भने, “ हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा…
Read More »आजको मौसम : हल्का वर्षाको सम्भावना
समाचार
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको मौसम बुलेलिटनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी,…
Read More »धुलोले दाउन्नेको व्यापार चौपट
समाचार
नवलपुर । विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ । धुलोले व्यापार व्यवसाय ह्वात्तै घटेको छ ।प्रायः भरिभराउ नै रहने यहाँका होटल सडक विस्तारको काम सुरु भएसँगै अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुरको पश्चिम…
Read More »डडेल्धुरामा एक बालिका पटकपटक बलात्कृत
समाचार
डडेल्धुरा । आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो ।उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले बताएको छ । बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि…
Read More »रामेछापको ल्याङ्गल्याङ्गको च्युरीबोटमा टयाक्टर दुर्घटना, एकको मृत्यु,दुई घाइते
समाचार
रामेछाप । मंगलबार दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङ्गल्याङ्गको च्युरिवोटमा टयाक्टर दुर्घटना हुँदा चालक गुणराज श्रेष्ठको ज्यान गएको छ । ट्याक्टरमा सवार दुई जना घाईते भएका छन ।घाईते हुनेहरुमा रामेछाप नगरपालिका ८ का मनोज मगर र चन्द्र बहादुर शाही रहेको वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । सुनकोसी नदीको मरिङघाटबाट बालुवा लिएर ल्याङ्गल्याङ्ग तर्फ गएको ना ५…
Read More »