गन्तब्य
प्रधानमन्त्री केपी शर्मा ओलीले थाले मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको सहभागिता रहेका छन्। प्रस्तुत समीक्षा र…
Read More »शिक्षा क्षेत्र सुधारको लागी रामेछाप नगरपालिकाले दस वर्षे शैक्षिक योजना निर्माण गर्दै
रामेछापको । रामेछाप नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी दस वर्षे शैक्षिक योजना निर्माण गर्ने भएका छन् । नगरपालिकाले शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गर्न लागेको नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो । विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण हुने उहाँले बताउनुभयो ।
Read More »एयर एसियामा काठमाडौंदेखि थाइल्याण्डको बैंककसम्मको उडान केवल ९,९९० रुपैयाँमा
काठमाडौं । मलेसियाको एयरलाइन्स कम्पनी एयर एसियाले काठमाडौं–बैंकक उडान सुरु गर्ने भएका छन् । आगामी अक्टोबर २ देखि एयरलाइन्सले उडान सुरु गर्नेछ । सुरुमा एयरलाइन्सले हप्तामा ४ दिन उडान गर्नेछ । एयर एसियाले आफ्नो वेबसाइटमा प्रकाशित गरेको जानकारी अनुसार सुरुमा प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत निकै सस्तो दरमा उडानको अफर दिइएको छ । यो अफर अनुसार यात्रुले एकतर्फी उडानका लागि मात्रै ९…
Read More »पाटन अदालनका न्यायधिस रेग्मीको निधन
ललितपुर । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायधिस रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको छन् । उच्च अदालत पाटनले का सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको हो । न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए…
Read More »जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेका छन्। लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका मिति (साउन ३१)ले ३५ दिनभित्र आवश्यक कागजातसहित के(कति कित्ता शेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी–२ मोरङमा…
Read More »फरार पाँच जना जुवाडे पक्राउ
डडेल्धुरा । जुवा मुद्दामा फरार रहेका पाँच जनालाई डडेलधुरा प्रहरीले पक्राउमा परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धब सार्की, अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का बिरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो। पाँचै जनालाई…
Read More »डोटीमा भीरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु
डोटी । डोटीमा भीरबाट लडेर रुपा साउदको ज्यान गएको छ। दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको छ। भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More »झापामा मोटरसाइकल दुर्घटना : पैदलयात्री र चालकको मृत्यु
काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको ज्यान गएको छ। पैदलयात्री मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएका छन्। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे…
Read More »राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्यदु संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने भएको छ ।त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको दिउँसो ३ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रसारण…
Read More »पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
सिन्धुली । पहिरोले मध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरलसँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएका हुन्। बिहिबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी…
Read More »