सरसफाइमा प्रहरीको सक्रियता

रामेछाप । जिल्लाको प्रहरीले सरसफाइ र वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रियता बढाएको छ । सदरमुकाम मन्थलीलाई सुन्दर र सफा सहर बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ रामेछाप प्रहरी मन्थलीका विभिन्न क्षेत्रको सरसफाइमा जुटेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रत्येक हप्ताको शुक्रवार सरसफाइ अभियान नै सञ्चालन गरिरहेको छ ।
प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंह रामेछापको प्रहरी प्रमुख बनेर आएपछि सुरु भएको सरसफाइ अभियानलाई प्रहरीले जारी राखेको छ । सोही अभियान अन्तरगत शुक्रवार मन्थली नगरपालिका–१ को मदन आश्रित चोकबाट भैशेश्वर हुँदै थापा चोकसम्मको मुख्य सडकको सरसफाइ गरिएको छ ।
रामेछाप प्रहरीको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल, स्थानीय जनप्रतिनिधि, रामेछाप उद्योग वाणिज्य सङ्घ, सामुदायिक सेवा केन्द्र रामेछाप, स्थानीय लगायतको सहभागितामा शुक्रवार बिहान ६ बजेदेखि ८ बजे सम्म मदन आश्रित चोकदेखि भैशेश्वर हुँदै थापा चोकसम्म सडक सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button