ब्यानर न्युज
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
सञ्जय मिश्रा, रौतहट । जितिया पर्व मनाउन साथीहरु संग सोमवार रौतहटको पूर्विभेग बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झण्डै १९ घन्टाको खोजीपछि आज बिहान शव बरामद भएको छ । स्थानीयय माधव नारायण नगरपालिका ८ रजावाडा गाँउ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानिय राजेन्द्र सहनीको छोरा बर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिण गढोस्थित बागमती…
Read More »रौतहटबाट पहिलो पटक गैरआवासिय नेपाली नागरिकता
रौतहट । रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडियो हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका छन् । फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख…
Read More »विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन
रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विधार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए । जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका एकजना…
Read More »परराष्ट्रमन्त्री राणा देउवाले र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको…
Read More »इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु
काठमाडौँ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ । घाइतेहरुलाई आकस्मिक विभागमा पुर्याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ । शिक्षा मन्त्रालयका अनुसार लेबनानको दक्षिणी र…
Read More »एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको…
Read More »दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् । सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ । आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए । नेपाल प्रहरीको साइबर ब्युरोले…
Read More »दुर्गा प्रसाई अस्पताल भर्ना
काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् । आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईलाई प्रहरीले अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३…
Read More »राप्रपा नेपालको “तराई मधेस राष्ट्रिय सम्मेलन” असोज १३ र १४ वीरगञ्जमा हुने
काठमाडौं। राप्रपा नेपालको तराई मधेस राष्ट्रिय सम्मेलन पर्साको वीरगञ्जमा हुने भएको छ। असोज १३ र १४ गते वीरगञ्जमा आयोजना हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिएका छन्। पराजुलीका अनुसार तराई मधेस क्षेत्रका २२ जिल्लाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा राजनीतिकसँगै तराई मधेस केन्द्रित,आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष समेटिएको कार्यपत्र पनि प्रस्तुत गरिने कार्यतालिका रहेको पार्टीको…
Read More »प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८ औं इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू,…
Read More »