ब्यानर न्युज
हुम्लाको चंखेलीमा जीप दुर्घटनाः पाँचजना गम्भीर घाइते
हुम्ला। जिल्लाको दक्षिण भेगको चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएका छन्। चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य र छ। दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली…
Read More »नेकपा माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि
काठमाडौं। नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आज सुरु हुँदैछ । आज पहिलो दिन बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ । बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा गत असार ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि छलफल र परामर्श हुनेछ । बैठकमा अध्यक्ष…
Read More »बजारमा सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More »शिक्षामन्त्री विद्या भट्टराईले मागिन त्रिवि पदाधिकारीको सुरक्षा
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको बताएकी छन् । उनले लेखेकी छन्त्रि-‘भुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र…
Read More »लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
तनहुँ। बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक…
Read More »देशका विभिन्न स्थानमा बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएका छन् । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३…
Read More »सुरक्षित र व्यवस्थित शहर बनाउन काम गर्दैछौं- उपप्रधानमन्त्री प्रकाशमान सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएको छ । मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएको हो । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताएका छन् । उपत्यकाका बाग्मति, विष्णुमतिलगायतका नदिमा…
Read More »उपप्रधानमन्त्री सिंहले गरे रामेछापका नागरिकको प्रशंसा
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रामेछापका नागरिकको प्रशंसा गरेका छन् । नेवा सम्पर्क समूहको ३१ औँ साधारण सभामा सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।मन्त्री सिंहले अहिलेको आर्थिक अवस्था सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा सरकार गम्भीर भएकोे बताए । सोही क्रममा उनले रामेछापका नागरिकले गरेको मेहनतको प्रशंसा गर्दै सिंहले भने– विदेश गएर जे…
Read More »बजारमा सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् । यस अघि सोमबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो । त्यस्तै आज चाँदीको…
Read More »सर्केगाडका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा मृत्यु
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ । सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसार भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएको थियो…
Read More »