समाचार
विद्यालयको अक्षयकोषमा चार महिनामा २३ लाख ३६ हजार सङ्कलन
सल्लेरी ९सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा रू २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ । विद्यालयले चार महिनाको अवधिमा रू २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत असोज २७ गतेदेखि रू ३६ लाख रकम सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका…
Read More »नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो ; राष्ट्रपति पौडेल
काठमाडौँ. राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने जानकारि दिनुभयो । राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई…
Read More »सदाका लागी बिदा भइन् कान्छी दिदी
रामेछाप । नेपाली काँग्रेसकी नेतृ नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष गणेश कुमारी भट्टराई (कान्छी दिदी ) को निधन भएको छ । लामो समय देखि घाँटीको क्यान्सर बाट पीडित भट्टराईको ८५ वर्षको उमेरमा निधन भएको हो । सोमबार बिहान निजी निवास मन्थलीको बिपी चोक नजिकै निधन भएको पारिवारिक स्रोतले बताएको छ।भट्टराईले २०३६ साल देखि नेपाली काँग्रेसमा आबद्ध भएर सक्रिय राजनीतिमा…
Read More »टुङ्गो लाग्यो महासमिति
रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमिति सदस्यको टुङ्गो लगाएको छ । फागुन १ गते मतदान गर्न निर्वाचन प्रक्रिया अगाडि बढाएको काँग्रेस रामेछापले सहमतिमा नै महासमिति सदस्य चयन गरेको छ ।नेपाली काँग्रेस रामेछापका शीर्ष नेताहरूको सहमतिबाट ध्रुवहरि ढुङ्गेल, झपडराज भण्डारी, नरबहादुर थापा मगर, केशव चालिसे, रत्न कार्की खुल्ला तर्फ महासमिति सदस्य चयन भएका छन् । त्यस्तै महेश कार्की खसआर्य, जितेन्द्र मोक्तान…
Read More »लिखुतामाकोशीमा पिउने पानीको अभावमुहान खोज्दै गाउँपालिका
रामेछाप । आफ्ना नागरिकलाई पिउन पानीको समस्या परेपछि पानीको मुहान खोज्दै हिँडेका छन् केशव महत । महत लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ३,४ र ५ का नागरिकलाई पिउन पानीको अती समस्या भएकोले समाधानका गर्न पानीको मुहानको खोजीका लागी आफै हिँडेका हुन् उनी ।लिखुतामाकोशी गाउँपालिकाको वडा नं. ३ काङ्बा, वडा नं. ४ बिजुलीकोट र वडा…
Read More »पाखो जग्गा बन्यो कागती बगैँचा
गलकोट । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट रु छ लाख कमाइ ग¥यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय…
Read More »नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष भट्टराईको निधन
रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष गणेश कुमारी भट्टराईको निधन भएको छ ।क्यान्सर पीडित भट्टराईको सोमबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले बताएको छ । १९९४ फागुन १० गते मन्थली मै जन्मिएकी भट्टराई विवाह गरेर हालको मन्थली ४ सालु गैराथोकमा पुगेकी थिइन् । उनि हाल माइतीमै बस्दै आएकी थिइन् ।तत्कालीन समय देखि नै महिलाहरू…
Read More »बिरामी बोक्ने एम्बुलेन्सले बोक्यो चामल
रामेछाप । हामी धेरैलाई थाहा छ एम्बुलेन्सले बिरामी बोक्छ । तपाई हामी बिरामी हुँदा कैयौँ पटक एम्बुलेन्समा चढेर अस्पताल पनि गएका छौँ । तर रामेछापको एउटा एम्बुलेन्सले बिरामी मात्रै बोक्दैन । उक्त एम्बुलेन्सले खाद्यान्नको सामग्री बोकेको फेला परेको छ । मालवाहक सवारी साधनले बोक्नुपर्ने सामान एम्बुलेन्सले बोकेको पाइएपछि चौतर्फी आलोचना भएको छ ।रामेछाप नगरपालिका ८ मा रहेको मालगिरी विकास केन्द्रद्वारा…
Read More »जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी, अस्पतालको शैया भरियो बिरामीले
रामेछाप । केही दिनदेखि जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ । ४ दिनदेखि अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताए । “१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”,उनले भने । बिरामीहरू थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताए । अहिले अस्पतालमा ज्वरो,निमोनिया…
Read More »ल्होछारको अवसरमा भव्य साँस्कृतिक कार्यक्रम।
ढल्केवर,धनुषा। धनुषाको ढल्केवरमा सोनाम ल्होछारको अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मन्जुश्री सम्वत् २८६०औं डुक(ड्रयागन) वर्गमा शुभकामना समेत आदानप्रदान गरिएको थियो। “तामाङ भाषा,कला,सस्कृती तथा भेषभूषाको जगेर्ना गरौँ” भन्ने मुल नाराका साथ सम्पन्न समारोहलाई ल्यास्सो युवा समूह मिनपा ७ ढल्केवरले आयोजना गरेको हो।मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले उद्घाटन गरेका उक्त कार्यक्रममा उप प्रमुख सुनिता बुढाथोकि लगाएत विभिन्न तामाङ समुदायका…
Read More »