सदाका लागी बिदा भइन् कान्छी दिदी

रामेछाप । नेपाली काँग्रेसकी नेतृ नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष गणेश कुमारी भट्टराई (कान्छी दिदी ) को निधन भएको छ । लामो समय देखि घाँटीको क्यान्सर बाट पीडित भट्टराईको ८५ वर्षको उमेरमा निधन भएको हो । सोमबार बिहान निजी निवास मन्थलीको बिपी चोक नजिकै निधन भएको पारिवारिक स्रोतले बताएको छ।
भट्टराईले २०३६ साल देखि नेपाली काँग्रेसमा आबद्ध भएर सक्रिय राजनीतिमा लाग्दै आएकी थिइन। पार्टीले विभिन्न समयमा संचालन गरेको आन्दोलनमा पनि उनले सक्रिय भूमिका निभाउँदै आएकी थिइन् ।
रामेछाप काँग्रेसले भट्टराईको निधन प्रति गहिरो समवेदनाको प्रकट गरेको छ । उक्त घटना प्रति नेपाली काँग्रेसलाई दुखी बनाएको र नेपाली काँग्रेस रामेछापले एउटा असल नेतृ गुमाएको पार्टी सचिव दीपक खड्काले बताए ।
एकल जीवन बिताउँदै आएकी भट्टराईको सबलाई सोमबार नै तामाकोशी नदिमा अन्तिम दाहसंस्कार गरिएको छ ।
नेपाली काँग्रेसका नेताहरूले पाटीको चार तारे झन्डा ओढाएर उनको पार्थिव शरीरलाई सम्मान गरेका थिए । उनको निधन प्रति रामेछाप काँग्रेसले शोक पुस्तिका राखेर १३ दीनका दिन शोक सभा गर्ने जनाएको छ । स्वर्गीय भट्टराईको १९९४ फागुन १० गते मन्थलीमा जन्मिएकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button