ल्होछारको अवसरमा भव्य साँस्कृतिक कार्यक्रम।

ढल्केवर,धनुषा। धनुषाको ढल्केवरमा सोनाम ल्होछारको अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मन्जुश्री सम्वत् २८६०औं डुक(ड्रयागन) वर्गमा शुभकामना समेत आदानप्रदान गरिएको थियो। “तामाङ भाषा,कला,सस्कृती तथा भेषभूषाको जगेर्ना गरौँ” भन्ने मुल नाराका साथ सम्पन्न समारोहलाई ल्यास्सो युवा समूह मिनपा ७ ढल्केवरले आयोजना गरेको हो।
मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले उद्घाटन गरेका उक्त कार्यक्रममा उप प्रमुख सुनिता बुढाथोकि लगाएत विभिन्न तामाङ समुदायका अगुवाहरुको समेत उपस्थिती रहेको थियो। कार्यक्रममा शुभकामना दिने अधिकांश वक्ताहरुले मदेस प्रदेशमा यस्तो कार्यक्रमको आयोजना गर्नुले नेपाल संस्कृतिमा धनी छ भन्ने यौटा गतिलो प्रमाण सहित सम्पूर्ण समुदायमा सन्देश गएको कुरा बताए।
साँस्कृतिक कार्यक्रममा मिथिला नगर भित्रका झण्डै डेड दर्जन बिद्यालयका विद्यार्थी भाइबैनीहरुले गायन र नृत्य प्रस्तुत गरेको कुरा कार्यक्रमका संचालक भक्त योनञ्जनले बताए।