समाचार
महामन्त्रीद्वय गगन थापासँग छलफलमा देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल शुरु गरेको छ । सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्ताव बारे केहीबेर अघि देखि देउवा निवास बुढानिलकण्ठमा छलफल शुरु भएका हुन् । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिए पछि निष्कर्षमा पुगेको थिएन । पार्टीको महासमिति…
Read More »मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं। आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएका छन्। आजको मन्त्रिपरिषद् बैठक नियमित भएकाले समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल एवं निर्णय हुने बताइएका छन् । बैठकमा नयाँ मुख्यसचिव नियुक्तिको बिषयमा समेत छलफल हुँदैछ । एक महिना अघि मुख्य सचिव…
Read More »प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसूची छ । सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ विषयको…
Read More »नेकपा एकीकृत समाजवादीः नवनिर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक आज
काठमाडौं । नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे बस्नेगरी बोलाइएका छन्। बैठकमा पार्टीका विभिन्न संरचना निर्माण तथा समसामयिक विषयमा छलफल हुने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्। एकीकृत समाजवादीले मंगलबार निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन गरेका थिए। बुधबार निर्वाचनबाटै पोलिटब्यूरो चयन भएको छ। यो बैठकमा पदाधिकारीमा छुटेका चर्चित अनुहारको…
Read More »नेपाल प्रहरी उच्च अधिकारीहरुले दायर गरेको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेको छ । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुदै छ । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष…
Read More »नाबालिकालाई यौन धन्दामा लगाउने रामेछापका गोरे नेवा खड्गी र सिन्धुली राजु शाही पक्राउ
काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका…
Read More »वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । काठमाडौं, आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३५ वर्षीय सुमन थापा र कालीकोट तिलागुफा नगरपालिका-३…
Read More »धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै रास्वपाको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएका छन् । मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको…
Read More »संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएका छन् । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेको थियो । त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएका थिए । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको…
Read More »जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रोल्पा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा परिवर्तन गाउँपालिका(४ काफ्लबोट बस्ने ५८ वर्षीय डम्मर बहादुर पुनलाई सोमबार प्रहरीले पक्राउ गरेका छन् । पुनले ती किशोरीलाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाछावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।
Read More »