समाचार
नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध
काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएको छ । सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएको हो । एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएका हुन् । उमेदवारी फिर्ताको समय दिउँसो साढे एक बजेसम्म थपिएको बताइएका छन् ।
Read More »डा. मुकुल ढकाललाई रास्वपाले साधारण सदस्यबाट पनि हटायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशित गरेका छन् । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका हुन् । रास्वपाले यसअघि ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएका थिए । रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण…
Read More »पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएको छ । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएको हो । उनले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएका छन् ।
Read More »स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शुरु, ढकाललाई थप कारवाही बारे छलफल हुदै
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा शुरु भएको बैठकमा पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा.मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएका छन् । रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा। ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेका हुन् । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले…
Read More »प्रधानमन्त्री नरेन्द्र मोदी र बाइडेनबीच टेलिफोन कुराकानी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेको छ । दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएका थिए । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्याएको थियो । मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएका थिए । मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिएको थियो…
Read More »महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति शेरबहादुर देउवाले बोलाए बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेको हो । बैठकमा सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको बताइएका छन् । पार्टीको…
Read More »नेकपा एकीकृत समाजवादीले आज पदाधिकारी चयनका लागि निर्वाचन गर्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएका छन् । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएका हुन् । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेका थिए । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई…
Read More »शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ७ पुग्यो
रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता रहेका ४ मध्ये पुड्की पहरीको शव आज भेटिएको प्रहरी निरीक्षक दिनेश थापाले बताए । ३ जना अझै वेपत्ता छन् । अविरल वर्षाका कारण शनिबार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।…
Read More »महिला नेतृ मंगलादेवी सिंहको २८ओैं स्मृति दिवस मनाइयो
काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ओै स्मृति दिवस मनाइएका छन् । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवति डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएका हुन् । मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री…
Read More »खेलकुद परिषद्ले भलिवलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएका हुन् । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएको थियो । यस्तै…
Read More »