नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएको छ ।
सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएको हो ।
एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएका हुन् । उमेदवारी फिर्ताको समय दिउँसो साढे एक बजेसम्म थपिएको बताइएका छन् ।