स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शुरु, ढकाललाई थप कारवाही बारे छलफल हुदै

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा शुरु भएको बैठकमा पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा.मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएका छन् ।

रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा। ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेका हुन् । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका थिए ।

उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button