उपाध्यक्षले कुटे प्रमुख प्रशासकीय अधिकृत

कपिलवस्तु । बिहीबार कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले कुटेका छन् । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । गाउँपालिकाका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यकक्षमै गएर मुक्का प्रहार गर्दा अधिकृत ज्ञवाली घाइते भएका हुन् । अधिकृतको कार्यकक्षमै पुगेर उपाध्यक्ष चौधरीले कार्यकक्षको सिसिटिभी समेत बन्द गरेर हातपात गरेका थिए । उपाध्यक्षको कुटपिटबाट पालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएपछि पालिकाको काम ठप्प भएको छ ।
उपाध्यक्ष चौधरी कार्यकक्षमा प्रवेश गरे । उनले कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै अधिकृतसँग गाडीको चाबी मागे । उपाध्यक्ष चौधरीका अनुसार अधिकृत ज्ञवालीले कार्यक्रमको पत्र देखाउन या गाडी प्रयोग गर्ने अख्तियारी लिएको कार्यपालिका बैठकको निर्णय ल्याए मात्र गाडीको चाबी दिन सकिने बताए ।
चाबी विवाद भएको गाडी भने यसअघि गत वैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाडी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे । अध्यक्ष कमलेशशरण चौधरीका अनुसार ३ दिनसम्म निर्णयमा पुर्नबिचार गर्न भनेपनि नमानेपछि पालिकाले गाडी फिर्ता लिएर प्रमुख प्रशासकीय अधिकृतलाई दिने निर्णय ग¥यो । बिहीबार भने उपाध्यक्ष चौधरी सोही गाडी प्रयोग गर्न पाउनुपर्ने भन्दै अधिकृतको कार्यकक्षमा चाबी माग्न गए । अधिकृतले चाबी नदिएपछि सिसिटिभी बन्द गरेर उपाध्यक्षले अधिकृतज्यूलाई मुक्काले हाने ।
अध्यक्ष र उपाध्यक्षबीचको विवाद नौलो भने होइन । वडाभित्र सञ्चालन हुने योजनाको अनुगमनका क्रममा समेत दुइजनाबीच बिवाद छ । १० लाख रुपैयाँभन्दा कमका योजना वडा अनुगमन समितिबाटै अनुगमन गराउने गरी पालिकाले गरेको निर्णयमा उपाध्यक्षको आपत्ति छ । उनले यो निर्णयमा आफ्ना अधिकार कटौती गरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन् ।
तर अध्यक्ष भने अनुगमनका क्रममा उपाध्यक्षले उपभोक्ता समिति र ठेकेदारलाई दुःख दिने, अनुगमनका क्रममा आफ्ना भाइलाई भेट्न भन्दै रकमको बार्गेनिङ गर्नेजस्ता काम भएपछि १० लाख भन्दा तलका योजना वडाबाटै अनुगमन गराउने निर्णय गरिएको बताउँछन् । र सो निर्णयमा उपाध्यक्षको समेत हस्ताक्षर रहेको दाबी गर्छन् । तर उपाध्यक्ष भने भ्रष्टाचार गर्ने मनसायले आफूलाई अनुगमनबाट वञ्चित गराउन खोजिएको भन्दै असन्तुष्ट छन् ।
हालका प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएपनि अध्यक्षको दवावमा पालिकामै थमौती गरिएको उपाध्यक्षको दाबी छ । तर अध्यक्ष भने ७ महिना पनि नबित्दै अधिकृत सरुवा गर्न नहुने भन्दै उपाध्यक्षको तर्कमा सहमत हुन नसकिने बताउँछन् ।
उपाध्यक्षज्यूले पहिले पहिले यस्तो घटना नगर्नु भएको होइन । उहाँले पहिले इन्जिजियर कुट्नु भो । दोस्रो पटक ७२ वर्षीय वृद्ध वडा अध्यक्ष कुट्नु भयो । यो तेस्रो घटना प्रमुख प्रशासकीय अधिकृतलाई २ झापड कुट्नु भयो । हरेक कुरामा दुख दिनु भयो । म निष्पक्ष मान्छे गल्ती गर्नेलाई कानुन अनुसारको कार्वाहिको हुनु पर्दछ – गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button