झोलुंगे पुलको संख्या १० हजार कट्यो, खुसियालीमा फोटो प्रदर्शनी

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ ग्वादीको देउराली र कोलौदी जोडने करिब सय मिटर अग्लो पुल। दुई गाउँ जोडने पुल निर्माण भएसँगै आवात–जावतमा सहज भएको छ। तस्बिरः हुमाकान्त पोखरेलझोलुंगे पुलको संख्या १० हजार कट्यो, खुसियालीमा फोटो प्रदर्शनी
ललितपुर नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ। सहरी विकास मन्त्री सिता गुरुङले तस्बिर प्रदर्शनी कार्यक्रमको उत्घाटन गरेकी थिइन्।
कार्यक्रममा स्वीस राजदूत र सहरी विकास मन्त्रालयका सचिव सरजु वैद्यको पनि उपस्थिति थियो। स्थानीय पूर्वाधार विभाग र सहरी विकास मन्त्रालयको आयोजनामा ललितपुरको जावलाखेलमा २ दिने तस्बिर प्रदर्शनीमा राखिएको हो।
कुल ७३० वटा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा लक्ष्य नाघेर ७४४ वटा निर्माण सम्पन्न भएका आर्थिक वर्ष २०७९ र २०८० , यो सङ्ख्या वार्षिक झोलुङ्गे पुल निर्माणको नेपाली इतिहासमा नै पहिलो उच्च परिमाण हो।
यसै आर्थिक वर्ष नेपालका नदीनालाहरूमा झोलुङ्गे पुल निर्माणको १०,००० को सङ्ख्या कटेको छ। गत आवमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलबाट मात्र पनि अव दूरदराजमा बसोबास गर्ने नागरिकलाई सहज भएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ।
सन् १९६४ बाट स्विस सरकार विकास एसडीसीको अनुदानसहित प्राविधिक सहयोग, हेल्भेटास नेपाल र नेपाल सरकारबाट प्रारम्भ भएको झोलुङ्गे पुलहरूको निर्माण हाल आवसम्म आइपुग्दा १० हजार ४१२ वटा पुल बनिसकेका छन्।









प्रकाशित: २०८० कार्तिक २५ गते शनिवार १२:०६