गुम्देलको सुन्दरता पर्यटकलाई देखाउन जरुरी छ – कान्छाराम

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवम् संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बाम्तिभण्डार सम्मको सडक कालो पत्रे गर्न पहल गर्ने बताएका छन् । सांसद कान्छारामले शिवालय–चुचुरे–देउराली–बाम्तीभण्डार जोड्ने मुख्य सडक कालो पत्रे गर्न पहल गर्ने बताएका हुन् ।
सोमबार बुद्धको मूर्ति अभिषेक तथा नवनिर्मित बौद्ध गुम्बा उद्घाटन गर्न उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा पुगेका सांसद कान्छारामले गुम्देल प्राकृतिक रूपमा सुन्दर, शान्त र पर्यटकीय उच्च सम्भावना बोकेको क्षेत्र भएकोले यसको विकास र विस्तारमा पालिका, प्रदेश सङ्घको ध्यान जानू पर्ने बताए ।
सांसद कान्छारामले भने – ’शेर्पा समुदायको भाषा, धर्म, संस्कृति, रहन सहनले यहाँ आइपुग्ने जो कोही पनि आनन्दित बनाउँछ । यहाँको धर्म संस्कृति, रहनसहन, भेषभुषाले सबैको मन लोभ्याउँछ । यहाँको प्राकृतिक सुन्दरता र शेर्पा समुदायको धर्म संस्कृति, रहनसहन, भेषभुषालाई पर्यटन सँग जोड्न सहज सडकको पहुँच पु¥याउन जरुरी छ ।’
’गुम्देल सम्मका जनताले पनि सहज आवतजावत गर्न पाउनु पर्छ । यहाँको सुन्दरता पर्यटकलाई देखाउन जरुरी छ । त्यही सुन्दरता देखाउनकै लागि गुम्देल सम्म सडक कालोपत्रे गर्नु जरुरी छ । सो कुरालाई पूरा गर्न यो क्षेत्रको शिवालय–बाम्तीभण्डार सडक ‘पिच’ गर्ने कार्य अगाडि बढाउन पहल गर्छु’ – सांसद कान्छारामले भने । जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्नु राज्यको दायित्व भएकोले कुनै समस्या भए नागरिकको सेवक सम्झेर आफूसँग राख्न पनि उनले आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button