सुनापतिमा संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु गरेको छ ।
महालेखा नियन्त्रण कार्यालयले सवै स्थानीय तहको राजश्व संकलन तथा व्यवस्थापन सरल, सहज र करदाता मैत्री बनाउने उदेश्यले संचित कोष व्यवस्थापन प्रणाली (राजश्व) अनिवार्य लागू गर्न पत्राचार समेत गरेको थियो ।
तर रामेछाप जिल्लाका स्थानीयतहहरूले संचित कोष व्यवस्थापन प्रणाली (राजश्व) आफू मातहतका सबै वडाहरूमा सुचारु गर्न सकेको छैन ।
रामेछाप जिल्लाको स्थानीय तह मध्ये सुनापति गाउँपालिले आफू मातहतका सबै वडाहरूमा संचित कोष व्यवस्थापन प्रणाली (राजश्व) सञ्चालन गरिसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले जानकारी दिए ।
पालिकाका सबै वडाहरूमा संचित कोष व्यवस्थापन प्रणाली (राजश्व) सुचारु गर्न मंसिर १२ र १३ गते सबै वडा सचिव तथा कर्मचारीहरूलाई तालिम समेत दिईएको राजश्व शाखा प्रमुख श्रीराम ढुङ्गानाले बताए । उनले भने – ’ हामीले जिल्लामै पहिलो पटक सबै वडामा संचित कोष व्यवस्थापन प्रणाली (राजश्व) सुरु गरिसकेका छौँ । यस प्रणालीबाट नागरिकले सहजता महसुस गरेका छन् । वडामा आएका यस प्रणालीका समस्याहरूलाई हामीले अनलाइन प्रविधिबाट नै समाधान गर्दै आएका छौँ । वडाका सचिव तथा कर्मचारीलाई यस सफ्टवेयर चलाउन कुनै समस्या आए हामी तुरुन्त अनलाइनबाट वा सम्बन्धित वडामा नै पुगेर सहजीकरण गर्ने गरेका छौँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button