साँघुटार स्वास्थ्य चौकी छिट्टै नगर अस्पताल बन्दै

रामेछाप । साँघुटार स्वास्थ्य चौकीलाई छिट्टै नगर अस्पताल बनाइने भएको छ । । रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्कीका अनुसार रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाइने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
संयोजक कार्कीका अनुसार बाग्मती प्रदेश सरकार सशर्त अनुदान तर्फ एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत विभिन्न पदमा कर्मचारी भर्ना गर्ने काम सकिएको छ । अबको केही दिनमै अस्पतालका लागी आवश्यक सामाग्रीहरू व्यवस्थापन गरेर अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । ५ बेडको अस्पतालमा डाक्टर सहितको स्वास्थ्यकर्मीहरुले सेवा दिने उनको भनाई छ ।
साँघुटारमा नगर अस्पताल बनेपछि रामेछापका मात्रै नभएर ओखलढुंगाका नागरिकहरूले पनि सेवा पाउने रामेछाप नगरपालिका वडा नं ३ का वडाध्यक्ष दल बहादुर प्रधान बताउँछन् ।
साँघुटारमा अस्पताल सुरु हुने खबरले त्यहाँका नागरिकहरूमा खुसी भएका छन् । रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारमा जिल्ला अस्पताल भएपनि भौगोलिक रूपमा टाढा रहेका वडा नं १,२,३ र ४ का नागरिकहरू र ओखलढुंगाको लिखु र चम्पादेवीका नागरिकहरूले अहिले पनि साँघुटार स्वास्थ्य चौकीबाटै सेवा लिँदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button