नेफ्स्कुनमा बाग्मति प्रदेश बाट प्रतिनिधि जान सम्भु घिमिरेको तयारी

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को बाग्मति प्रदेश बाट प्रतिनिधि जान धुम्बाराहीमा रहेको दुर्गाभवानी बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै शम्भु घिमिरेले तयारी गरेका छन् ।
काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) का पूर्व अध्यक्ष समेत भई सहकारी क्षेत्रमा सेवा गरिसकेका घिमिरेको यस क्षेत्रमा राम्रो अनुभव रहेको छ ।
सहकारीमा सुशासन र दिगोपनकालागि आफूले आफ्नो स्थानबाट काम गर्दै आएको र अब यो अभियान प्रदेश स्तरमै चलाउन आफ्नो उम्मेदवारी रहेको घिमिरे बताउँछन् । साकोस एक्ट, ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र र ऋण सुरक्षण व्यवस्था साकोसको दिगोपन भएको उनको भनाई छ । स्थिरीकरण कोषको व्यवस्थापन र कानुन पालना गर्ने गराउने कामको पहल नै आफ्नो एजेन्डा रहेको उनले बताए ।
अभियानकर्मीमा ऐक्यबद्धता, सहकारीको छविलाई उचाइमा पु¥याउन साकोस अभियानको स्थापना गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ ।
साकोसको समस्या र चुनौतीलाई नीतिगत बहस पैरवी गर्न, सबै सदस्य संस्थाहरूको आवश्यकता पहिचान गरी तालिम तथा सहकारी शिक्षाको व्यवस्था गर्न, सहकारी मार्फत उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन गर्न आफूले भूमिका खेल्ने उनले बताए।
उनले भने – सहकारी संरक्षणका लागि रूपान्तरण सहितको सहकारीमैत्री नेतृत्व अहिलेको आवश्यकता रहेको छ । केन्द्रीय संघमा आबद्ध संस्था तथा बाहिर भएका संस्थाहरूलाई पनि संघमा आबद्ध हुन प्रेरित गर्दै ती संस्था तथा संघहरुको व्यावसायिक क्षमता वृद्धि गर्नेकार्यमा आफूले महत्त्वपूर्ण भूमिका खेल्न मेरो उम्मेदवारी रहन्छ।
सहकारी मार्फत सदस्यको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरण र विकासका लागि गठन भएका बचत तथा ऋण सहकारीहरूको व्यावसायिक उद्देश्यमा टेवा पु¥याउने र हाल सहकारी अभियानले भोगेको आन्तरिक वा वाहृय समस्याको जिम्मेवारी बहन गर्दै समाधानको लागि माथिल्लो तहसम्म पहल गर्ने उनको लक्ष्य छ ।
राजनीति, भूगोल वा व्यक्तिगत लाभ भन्दा माथि उठेर मात्र सहकारी अभियानको सञ्जाल सुदृढीकरण गराउन, बचत तथा ऋण सहकारीकालागि छुट्टै वित्तीय सहकारी ऐन आवश्यक रहेको र सहकारी शुद्धीकरणका लागि पुनर्जागरण अभियान सञ्चालन गर्न आफू दिलोज्यानले लाग्ने उनको भनाई छ ।
आफ्नो नयाँ नेतृत्वले तत्काल धमिलिएको सहकारीको छवि र साख जोगाउन ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र र ऋण सुरक्षण व्यवस्था, बचत सुरक्षण कोषकालागि पहल गर्ने र स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन गराउने उनले बताए ।
सहकारी, सरकारी र निजी साझेदारीमा उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन गरी सहकारी मार्फत राज्यलाई योगदान गर्न प्रेरणात्मक कार्य गर्न पनि आफूले उम्मेदवारी दिने तयारी गरेको घिमिरेले बताए ।
नेफ्स्कूनको निर्वाचन सहितको ३२ औँ साधारणसभा पुस ७ र ८ गते काठमाडौँमा हुँदै छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button