रामेछापकाे जिल्ला अस्पतालसहित बागमतीका १० अस्पताल स्तरोन्नती हुने

रामेछाप । बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई ५० वेडमा स्तरउन्नति गर्ने निर्णय गरेको छ । १५ वेडमा संचालन हुँदै आएको अस्पताल ५० वेडमा स्तरउन्नति हुने भएपछि रामेछापबासी पनि खुशी भएका छन । अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले सबैको सहयोग र सहकार्यले अस्पताल ५० वेडमा स्तरउन्नति हुन सफल भएको बताउनुभयो । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कोसिस गरिरेको अस्पताल ५० वेडमा स्तरउन्नति भएपछि अझै धेरै कामहरु हुने अध्यक्ष पाख्रिनले बताए ।
बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछाप सहित प्रदेशभरका १० वटा प्रादेशिक अस्पतालको स्तरउन्नति गर्ने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले १० अस्पताललाई ५० देखि ३०० वेड सम्ममा स्तरउन्नति गर्ने निर्णय गरेको हो । जसअनुसार रामेछाप जिल्ला अस्पताल ५० वेड,पशुपति चौलागाई अस्पताल ५० वेड,सिन्धुपाल्चोक अस्पताल, काभ्रेपलाञ्चोकस्थित मेथिनकोट अस्पताललाई पनि ५०÷५० वेडमा स्तरउन्नति गर्ने भएको छ । धादिङबेसीस्थित धादिङ अस्पताल, नुवाकोटस्थित त्रिशुली अस्पताल, सिन्धुलीस्थित सिन्धुली अस्पताल र चितवनस्थित बकुलर अस्पताललाई १००÷१०० वेडमा स्तरोन्नति गर्न लागिएको छ । बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लामा पर्ने हेटौडा अस्पताललाई भने ३ सय वेडामा सञ्चालन गर्ने निर्णय भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button