सुनापति गाउँपालिका वासीलाई निःशुल्क रगत
सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले पालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका नेपाल रेडक्रस सोसाइटीको कार्यालयहरूबाट निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।
रगत उपलब्ध गराउन सुनापति गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मन्थली रामेछाप बिच २०८० साल श्रावण २९ गते नै सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द सुवेदीले बताए । उनले भने – उपचारको क्रममा रगत आवश्यक परेमा चिकित्सकको उपचार कागजात र आफ्नो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र ÷ राष्ट्रिय परिचय पत्र÷कर्मचारी परिचय पत्र देखाई नेपाल रेडक्रस सोसाइटीको कार्यालयहरूबाट निःशुल्क रगत लिन सकिन्छ ।