जाजरकोटका भुकम्प पिडीतलाई स्वाबलम्वन नेपालद्वारा राहत वितरण

काठमाडौं । जाजरकोटका भुकम्प पिडितलाई स्वाबलम्वन नेपाल नामक संस्थाले राहत वितरण गरिएको छ ।
गत कार्तिक १७ गते गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोटको बारेकोट गाउँपालिकाका भुकम्प पिडीतहरुलाई संस्थाले जाडोका न्यानो कपडाहरु वितरण गरेको हो ।
संस्थाले ब्याल्यांकेट ८ सय थान, मोजा ३२ सय थान, थर्मकोट ८ सय थान, टोपी ८ सय थान, बच्चाको न्यानो कपडा ८ सय थान, बच्चाको ब्याल्यांकेट १ सय थान, र १ सय थान ज्याकेट पिडीतहरुलाई वितरण गरेको संस्थाका अध्यक्ष एकनाथ अधिकारीले बताए ।
अधिकारीका अनुसार स्वाबलम्वन नेपालले ५६ लाख बराबरको सामान जाजरकोटका भुकम्प पिडीतलाई दिएको छ ।


