राईजिङ स्टारको अध्यक्षमा यादव केसी चयन

रामेछाप । राईजिङ स्टार यूथ क्लबको अध्यक्षमा यादव केसी चयन भएका छन् । आज शनिवार भएको क्लबको प्रथम अधिवेशनबाट केसी अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै क्लबको उपाध्यक्षमा सन्तोष खत्री, सचिव वासुदेव खत्री, सह-सचिव हेमन्त थापा, कोषाध्यक्ष विनोद रोका, सह-कोषाध्यक्ष सविन केसी चयन भएका छन् । सदस्यमा क्रमशः दीपक खत्री, एकीन्द्र खत्री, कपिल खत्री, अनीश केसी, रामचन्द्र कार्की, सुदीप थापा, सृजना नेपाली, विष्णु खत्री, लक्ष्मी थापा, निरूता थापा, कोपिला खत्री, कृष्ण बुढाथोकी, नारायण थापा, नबिना बस्नेत खत्री, सविना थापा चयन भएका छन् ।

अधिवेशनमा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि तथा मन्थली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापाले राईजिङ स्टार यूथ क्लबले उत्कृष्ट काम गर्दै आएको बताए । उनले भने – आगामी दिनहरूमा पनि क्लबले अझै उत्कृष्ट काम गर्ने कुरामा म विश्वस्त छु । क्लबले विशेषतः भलिबललाई प्राथमिकतामा राखेको छ । अब यसले खेल सँगै युवालाई कृषिमा आकर्षित गराउन हाम्रो साथ दिन अनुरोध छ ।

अध्यक्ष चयन भए पश्चात् सम्बोधन गर्दै अध्यक्ष यादव केसीले गाउँमा रहेका युवाहरू माझ जनचेतनामूलक र व्यवहारिक ज्ञान तथा सृजनात्मक सिपमूलक कार्यक्रमहरू आफ्नो योजनामा रहेको बताए । उनले भने – गाउँका युवाहरूलाई व्यवहारिक ज्ञानको खाँचो छ । त्यो खाँचो टार्नेकाममा अब हामी लाग्नेछौँ । यसका लागि स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नेछौँ । दिनप्रतिदिन युवाहरू गाउँ छाडेर सहर र सहर छाडेर विदेश जान बाध्य छन् । अब हामी ‘आफ्नो गाउँ आफै बनाऊँ’ भन्ने कन्सेप्टका साथ काम गर्ने कोसिस गर्नेछौँ ।

मन्थली नगरपालिका वडा नं. ३ मा कार्यालय रहने गरी दर्ता भएको यस क्लबले हरेक वर्ष जिल्ला स्तरियरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button