सिमरामा बस दुर्घटना, १० जना घाइते

काठमाडौं। बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

५१ जना सवार यात्रुबाहक बस दुर्घटनामा पर्दा भारत मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अन्य घाइते १० जनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button