रामेछापको सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले सार्वजनिक सुनुवाइ गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिकमा संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ गरेको हो । आइतबार सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरूको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी दिए।
सार्वजनिक सुनुवाइमा हिमाल भुजेल, अरुण कार्की, राशि कार्की, तारा हायु, सुशील कार्की, ज्ञानुका बस्नेत, सुरेन्द्र बहादुर मोक्तान लगायतका वडाका नागरिकहरूले जिज्ञासा र गुनासोहरू तथा सुझाव राखेका थिए ।
नेकपा एसका नेता सूर्य कार्की, रास्वपाका नेता दुर्गा बहादुर बस्नेत, नेकपा एमालेका नेता ध्रुव बहादुर बस्नेत, नेपाली काँग्रेसका नेता कमल विक्रम कार्कीले वडाको भावी दिनहरूका लागि सुझाव दिए ।
कार्यक्रममा नागरिकहरूले नगरपालिकासँग गरेको प्रश्नहरूको जवाफ रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले दिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूको प्रश्न,जिज्ञासा र गुनासोहरू भन्दापनि सकारात्मक सुझावहरू दिएकोमा वडा अध्यक्ष समीर कार्कीले खुसी व्यक्त गरे । उनले वडाबाट प्रवाह भइरहेको कामहरूमा नागरीहरूले जुनसुकै समयमा प्रश्न गर्न र सुझाव दिन आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button