‘राजाले बिपीका योजना चोरेर जनतामा लागू गरेका थिए’

विश्वेश्वर प्रसाद कोइरालाले ल्याएको योजनाहरू राजाले चोरेर जनतामा लागू गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले बताए । ४८ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पूको पिकनिक स्पोर्टमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने – बिपीका कार्यक्रम धेरै राम्रा थिए । एक्कासि विश्वेश्वर प्रसाद कोइरालालाई हटाएर राजा महेन्द्रले ती सबै बिपीका योजनालाई चोरेर आफैले प्रयोग गरेका थिए । बिपीकै योजनाका कारण पञ्चायती शासन १७ साल देखि ४६ साल सम्म टिक्यो ।
उनले गठबन्धनको सरकार नबनाउनका लागि सबै एकजुट हुनै पर्ने बताए । उनले भने – एकले अर्कालाई हराउनको लागि हामी लागि पर्छौ ।काँग्रेसले काँग्रेसलाई हराउँछौँ । अनि बाध्य भएर हामी गठबन्धनमा जानू परेको हो । यदि हामी सबै काँग्रेस एकजुट भएर लाग्यौ भने यो गठबन्धन आवश्यक पर्दैन । गठबन्धन बिना नै यो काँग्रेसले ७७ जिल्लामा जित हासिल गर्न सक्छ ।
अब बिपीका मार्गलाई केही परिष्कृत गर्नु पर्ने उनले बताए । उनले भने– हरेक नागरिकको साथमा बिपीले एकहल गोरु, एउटा घर, एउटा दुहुना गाई भने जस्तै हामीले यसलाई परिष्कृत गरेर एउटा घर, एउटा गाडी, केही जमिन भन्ने योजना बनाएका छौँ। समय सापेक्ष अब हरेक नागरिकको एउटा घर, एउटा गाडी र केही जमिन हुनै पर्छ ।
नेपाली काँग्रेसले नयाँ तरिकाले एकताको काम सुरु गर्नु पर्ने उनले बताए । उनले भने – अहिले राष्ट्र संकट परेको छ । अहिले यो संविधान माथि धेरै किसिमका बाधाहरू भएका छन् । सबिधानलाइ बाधा भएको बेलामा हामी राष्ट्र शक्तिहरू एक ठाउँमा उभिनु पर्छ । त्यसैका लागि ४८ औँ राष्ट्र एकता तथा मेलमिलापको अवसर पारेर काठमाडौँको एकेडेमीमा प्रचण्ड जी, केपी वली लगायतका सम्पूर्ण पार्टीका साथीहरू एक ठाउँमा आएर राष्ट्र निर्माण गर्ने कुराहरू छलफल गर्न ठुलो कार्यक्रम भएको छ । त्यहाँ बाट हामीले पक्कै केही ऊर्जा पाउने छौ र त्यो ऊर्जा लिएर राष्ट्र निर्माण गर्ने छौ ।
काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङको अध्यक्षतामा स्व. राजनारायण श्रेष्ठ को श्रद्धाञ्जली कार्यक्रम तथा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सभापति कान्छारामले आफू जिल्लाबाट संसदमा प्रतिनिधित्व गरेको हुनाले जिल्लाको विकासका लागि बजेटको पहल गर्ने बताए । उनले समृद्ध रामेछाप बनाउने यात्रामा सबै नागरिकले साथ दिन समेत आग्रह गरे ।
महाधिवेशन प्रतिनिधि ध्रुवहरि ढुंगेलले स्व. श्रेष्ठले रामेछाप –काठमाडौँ सम्पर्क समितिका सभापति हुँदा र त्यस अघि पार्टीलाई दिएको योगदानको चर्चा गर्दै अब त्यस्ता ईमान्दार र वफादार ब्यक्ती पाउन गाह्रो हुने बताए ।
मेलमिलाप दिवसको कार्यक्रममा स्थानीय निर्मला खड्का ( काँग्रेस नेता स्व गजेन्द्र खड्का कि धर्मपत्नी ) र नेपाली काँग्रेसका पूर्व वडा पार्टी सभापति इन्द्र बहादुर खड्कालाई पार्टीमा दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
नेपाली काँग्रेस रामेछापका निवर्तमान सभापति लव श्री न्यौपाने, ट्रेड युनियनका पूर्व सचिव डिबि अर्याल, प्रदेश सदस्य उज्वलराम घिमिरे, महाधिवेशन प्रतिनिधिहरू क्रमशः ः झप्पड राज भण्डारी, नरबहादुर थापामगर, उषा कार्की, काङ्ग्रेस नेता कृष्ण बहादुर महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का, पालिका सभापति मणिकुमार लामा, वडा नं ६ का सभापति पूर्ण बहादुर सुनुवार , लिखु ताकाकोसी गाउँपालिकाका अध्यक्ष केशव महत, काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्की, रामेछाप नगरपालिकाकी उप प्रमुख वालकुमारी कार्की, काँग्रेस जिल्ला कार्य समिति सदस्य सिताराम कार्की, कमान खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उत्तम कार्की ,धिरज खत्री, प्रेस युनियनकी अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम रामेछाप काँग्रेसका सचिव दीपक खड्काले संचालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button