बालमैत्री स्थानीय शासनको सूचकको कार्यशाला गोष्ठी सम्पन्न

रामेछाप। जिल्लाको रामेछाप नगरपालिकामा बालमैत्री स्थानीय शासनको सूचकको अवस्था मापन तथा पञ्चवर्षीय लगानी योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको आयोजना रहेको २ दिने कार्यशाला रामेछाप नगरपालिका वडा नं. ८ मा संचालन भएको थियो ।

वडा नं. ८ भरिका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्वयंसेविका, राजनीतिका दलका प्रतिनिधि , स्वास्थ्य संस्थाका प्रमुख, वाल सञ्जालका पदाधिकारी , महिला तथा बालबालिका लगायतको उपस्थिति रहको थियो ।

नगरपालिकाले  ८ वटा वडामा यो कार्यक्रम सम्पन्न गरिसकेको छ । वडा नं. ८ का अध्यक्ष सन्तोष तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य राजनीतिक दलका पार्टी प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यशालामा छलफलबाट ९३ वटा क्रियाकलापहरू छनौट गरिएको थियो । बालमैत्री स्थानीय शासनको सूचक पुरा गर्नका लागि आवधिक लगानी योजना अन्तर्गत निरन्तर गर्नु पर्ने मुख्य ९३ वटा सूचकहरू सम्पन्न गर्न आवश्यक पर्ने  बजेटमा समेत समावेश गर्ने वडा अध्यक्ष सन्तोष तामाङ प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा बोल्दै महिला तथा बालबालिका शाखा प्रमुख विमला कुमारी शर्माले बालमैत्री स्थानीय शासन लागु गर्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताइन् । बालमैत्री स्थानीय बालमैत्री शासन स्थानीय तह घोषणा गर्न ५१ वटा सूचकहरू पुरा गर्नु पर्ने समेत शर्माले बताइन् ।

कार्यक्रममा प्रशिक्षकको सहजिकरण बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णू चतुर्बेदीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button