लिखु तामाकोशीमा बेमौसमी तरकारी खेती सम्बन्धि एक दिने अभिमुखिकरण

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले बेमौसमी तरकारी खेती सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । साथै सोही कार्यक्रममा कृषकहरुलाई प्लास्टिक टनेल समेत वितरण गरेको छ । पालिकाको वडा नं १ दुरागाउँमा बिहीबार बेमौसमी तरकारी खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्न र तरकारी खेती विस्तारलाई टेवा पुर्याउन अभिमुखिकरण कार्यक्रम गरेको पालिकाले जनाएको हो ।

घरायसी भान्सामा प्रयोग हुने तरकारीमा आत्मानिर्भर बनाउने उद्देश्यले तालिम दिएर आयात हुने तरकारीको मात्र घटाएर स्थानीय उत्पादनलाई बढवा दिने योजना सहित कार्यक्रम गरेको पालिका अध्यक्ष केशव महतले बताए । उनका अनुसार घर गाउँमा फल्ने इस्कुस, फर्सी, आलु, सिमी, बोडी, करेला जस्ता तरकारीलाई यही खपत गरी स्थानीयहरुको आम्दानी समेत बढाउने तयारी छ ।

हामीले यहाँ उत्पादित सबै तरकारीलाई यही खपत गर्न र बाहिर बाट आउने तरकारीलाई रोक्न खोजेका छौं । वडा नं १ दुरागाउँका २९ जनालाई बेमौसमी तरकारी खेती गर्न सहयोग पुर्याउने उद्श्यले प्लाष्टिक टनेल समेत वितरण गरेको जानकारी दिँदै अध्यक्ष महतले आलु उत्पादन बढाउन ‘आलु पकेट’ क्षेत्रको माटो परिक्षण समेत गरिएको बताए ।

उनका अनुसार आलु पकेटको लागि करिब २० हेक्टर जमिनको माटो परिक्षण गरिएको हो । कार्यक्रममा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिन, वडा नं १ का अध्यक्ष प्रदिप कुमार तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button