ज्येष्ठ शिक्षकलाई सम्मान

रामेछाप । नेपाल शिक्षक संघ रामेछाप नगरले ज्येष्ठ शिक्षकहरूलाई सम्मान गरेको छ । संघले छैँठौँ स्थानीय प्रतिनिधि सभामा आफ्नो संगठन भित्र रहेका शिक्षकहरूलाई सम्मान गरेको हो । संघको रामेछाप नगरको प्रतिनिधि सभाका अवसरमा संघले आफ्ना ३ जना ज्येष्ठ शिक्षकहरूलाई सम्मान गरेको हो ।
मान बहादुर मोक्तान, गुणराज पोखरेल र काले माझीलाई संघले सम्मान गरेको छ । प्रतिनिधि सभाको अवसरमा संघमा आबद्ध शिक्षकहरूको हक हित र अधिकारका बारेमा छलफल गरेका थिए ।
नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी धेरै कामको सुरुवात गरी सकेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताए । उनले भने– नगर भित्र रहेका कतिपय आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम भएकोले त्यसको व्यवस्थापनमा सहयोग गर्नुस् । शिक्षकहरूले गर्ने व्यवहारले विद्यालय मात्र नभएर समाज परिवर्तनमा पनि सहयोग पुग्ने हुनाले शिक्षक जिम्मेवार भएर काममा लाग्नु पर्छ ।
संघका नगर अध्यक्ष निम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभामा संघका रामेछाप नगरका सचिव खिल बहादुर कार्कीले हालसम्म गरेका कामहरू र भावी कार्यक्रमहरूको बारेमा आफ्नो प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।