भूषा ढुवानीको व्यवस्था प्रति किसान असन्तुष्ट

रामेछाप । रामेछाप दुग्ध सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका विरुद्ध जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ रामेछापलाई बोधार्थ दिएर कृषकहरूको माग पुरा गर्नका लागी संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गएको पदाधिकारीहरूको टोलीले ज्ञापन पत्र बुझाएका हुन ।
रामेछाप जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए सँगै कृषकहरूलाई गाई भैसिका लागि आवश्यक पराल रामेछापको उत्पादनले नपुग्दा तराई बाट ल्याउने गरिएको छ । उक्त पराल ढुवानीका लागि सिन्धुलीको सडक प्रयोग गर्दा प्रशासनले परालको भूषा प्रति गाडी १ सय बोरा भन्दा बोक्न नपाउने व्यवस्था गरेको छ । एलपी गाडिले एक पटकमा २ सय बोरा परालको भूषा बोक्न सक्छ । उक्त गाडीमा परालको भूषा ढुवानीमा लगाएको व्यवस्था अनुसार किसानहरूले दोब्बर भाडा तिर्नु पर्ने भएकोले बाध्य भई प्रशासन सँग असन्तुष्ट हुँदै कृषकहरूले पटक पटक आवाज उठाउँदै आएको र सम्बोधन नभएपछि आफूहरूले पहिलो चरणमा ज्ञापन पत्र बुझाएको संस्थाका अध्यक्ष ध्रुव कुमार थापा जानकारी दिए । साथै माग पुरा नभए जिल्ला प्रशासन कार्यालय घेराउ गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू तय गर्ने थापाले जानकारी दिए ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले कृषकहरूको माग उपयुक्त भएको भन्दै परालको भूषा ढुवानीमा सिन्धुली प्रशासनले लगाएको कानुनी व्यवस्थाका कारण कृषकहरूलाई परेको समस्या समाधानका लागि तत्काल आफूले सिन्धुली प्रशासन सँग आवश्यक समन्वय गरी समस्याको समाधानका लागि आवश्यक पहल गर्ने बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button