उदेश्यहीन स्थानीय महोत्सव, कृषि बजारीकरण शुन्य, कलाकार भित्र्याउने होडमा आयोजक

रामेछाप । यो सिजन महोत्सवको सिजन हो । देशैभर महोत्सवका माहोल कतै सकिसकेका छन् भने कतै चल्नेक्रम जारी छ । सामान्य रुपमा हामी महोत्सवलाई एक प्रकारको उत्साहको रुपमा हेर्छौं । महोत्सव रमाईलोको एक पाटो पनि हो । रमाईलोसँगै व्यापार व्यवसायलाई जोडेर विभिन्न शीर्षकमा महोत्सव आयोजना गरिन्छ । सोही उदेश्यका साथ मन्थलीमा पनि जिल्लाको कृषि उत्पादनको बजारीकरणलाई पहिलो प्राथमिकता र अन्य ब्यापार व्यवसायलाई पनि प्रवर्दन गर्दै कला संस्कृतिको उजागर गर्ने हेतुले गत पुस २६ गतेदेखि उद्योग वाणिज्य संघ रामेछापले आयोजना गरेको ११ दिने बृहत रामेछाप महोत्सव २०८० जारी छ ।
महोत्सवमा स्थानीय घरेलु उत्पादन देखि लिएर किवि, जुनार , आलु लगाएतका अन्य कृषि उपजहरु पनि विक्रिका लागि राखिएका छन् । तर कृषि उत्पादनलाई प्राथमिकता दिईए पनि दैनिक व्यापारको अवस्था भने नाजुक छ । महोत्सवमा ६० बढी व्यापारिक स्टलहरु राखिएका छन् । स्थानीय बजारलाई आर्थिक प्रोत्साहन मिल्ने महोत्सवको उदेश्य रहेपनि स्टल राखेर व्यापार गर्नेमा बाहिरबाट आउनेको संख्या बढी छ ।
महोत्सव अवधिभरमा गरिने दैनिक कार्यक्रमको समय पनि दर्शक अनकुल नभएको स्टल व्यापारीहरु बताउँछन् । महोत्सवको मुख्य भूमिकामा रहने कलाकारहरुको समय स्तर अनुसार छुटुयाईएको छ । स्थानीय कलाकारको समय दिउँसो २ बजे देखि राखिएको छ भने केही नाम चलेका राष्ट्रिय कलाकारहरुको साँझ ६ बजे पछि मात्र राखिएको छ । जस्ले गर्दा महोत्सवमा दिन भर मानिस नहुने र साँझ परेपछि मात्र महोत्सवको माहोल तात्ने गरेको छ । आयोजकले यसरी गरिएको व्यवस्थापनले स्थानीय उत्पादन बिक्रि गर्न बसेका व्यापारी र बाहिरबाट आएका स्टल व्यापारीहरु मारमा परेका छन् । जिल्लाका अन्य ठाउँबाट आउने कतिपय स्थानीयहरु महोत्सव हेर्न आएको र सु्रु नभएको भन्दै फर्किने गरेका छन् । महोत्सव सकिन ३ दिन मात्र बाँकी छ तर यस विषयमा आयोजक मौन छ ।
महोत्सवमा उस्साह बोकेर टाढा टाढाबाट आएका व्यापारीहरु पनि आयोजक पक्षसँगै रुष्ट छन् । दैनिक कार्यक्रम समयमा नगरेको र अन्य व्यवस्था पनि नमिलाईएको उनीहरुको गुनासो छ ।
महोत्सवमै ब्याल्यांकेट व्यापार गर्न जुम्ला कालिकोटबाट आएका मन प्रसाद प्याकुरेल भन्छन् – स्टल को भाडा २ वटाको १५ हजार छ । २ वटै स्टलको अहिले सम्म व्यापार एउटा नि भएको छैन, कहाँ बाट भाडा तिर्ने हो व्याव्पार छैन, मान्छेहरु राति आउँछन्, ८ बजे पछी ९ बजे सम्म आउछन्, त्यहि पनि जाँड खाएर होहल्ला गर्ने मान्छेहरु मात्र हुन्छन् । उनी भन्छन् – व्यापार भनेको एक सुका छैन, हामिले दुइ हजारमा २ वटा व्याल्यांकेट दिएका छौ, बाहिर ३५०० पर्छ, हामिले १ हजारमा दिएका छौं । किन्ने मान्छे आउदै आउदैन । अरु अरु महोत्सबमा ६ बजे सकिन्छ यहा २ बजे बाट सुरु भएर ९ बजे सकिन्छ त्यो पनि रक्सी खाएर होहल्ला गर्न मात्र हुदो रहेछ बरु जाड बेच्न सजिलो यो व्याल्यांकेट बेच्न गाह्रो हुदोरहेछ ।
व्यापार केही नभएको कारण आयोजकले भाडा घटाई दिनु पर्ने उनी बताउँछन् ।
त्यस्तै बुटवलबाट महोत्सवमा धन्यजय बर्जि पोस्टर बेच्न आए । बर्जिको पनि गूनासो उस्तै छ । उनी भन्छन् – मैले सुने रामेछाप एकदम राम्रो ठाउँ हो, तर यहाँ आएर थाहा पाए यस्तो रहेछ खै के भनौ, अरु महोत्सव भएको ठाउँमा ६,७ बजे सकिन्छ तर यहाँ बल्ल ७ बजे कलाकार उठाउँछ पुरै उल्टो छ । अन्य महोत्सव शान्तिपूर्ण भएर सकिन्छ तर यहाँ ७ दिन भो आज सुरु भएको सातै दिन लफडा मात्र भयो । बर्जि भन्छन् – मैले आज ४ दिन भो व्यापार सुरु गरेको २ दिन बुनी भएन, एक दिन ३ सयको बेचे एकदिन १२०० को बेचे ।
सितापाइला काठमाडौंबाट महिलाले लगाउने पोते मालाको व्यापार गर्न आएका पद्मा श्रेष्ठ भन्छिन् – व्यापार राम्रो छैन हामिलाइ एकदम गाह्रो भएको छ, हामी काठमाडौंबाट रामेछाप आएको पहिलो चोटी हो, रामेछाप राम्रो होला सोचेर आएको तर सोचेको जस्तो भएन । यहाँको व्यवस्थापन राम्रो लागेन ।
उनी भन्छिन् – यो स्टल को भाडा १७ हजार छ तर सोचेको जस्तो व्यापार भएन । म डुबे, दिनको २,३ हजार को व्यापार गर्न गाह्रो भैईरहेको छ । यहाँ उद्योग वाणिज्य सघको मान्छेहरुले अरु छिमेकी उद्योग बाणिज्यका मानिस सँग सल्लाह नगर्नु भएको हो कि, व्यस्थापन पटक्कै राम्रो छैन ।
काठमाडौंबाटै महोत्सवमा लेडिज जुत्ताको व्यापार गर्न आएकी रमिला के सी भन्छिन् – हाम्रो रामेछाप राम्रो रामेछाप भन्ने नारा सुनेको थिए त्यहि भएर हामी पनि व्यापार राम्रो होला भनेर आको तर यहाँ व्यापार ठिक छैन जति सोचेर आको थिएँ त्यति भएन । यहाँको महोत्सव भन्दा अरु महोत्सव एकदम राम्रो हुन्छ ।
महोत्सवमा स्थानीयले नै पछिल्लो समय गाउँ–गाउँमा अत्यधिक मात्रामा फलेको किवी समेत बिक्री हुन सकेको छैन । रामेछाप र दोलखा जिल्लाबाट त्यहाँ उत्पादित किवीलाई बिक्रीको लागि आयोजकले निःशुल्क उपलब्ध गराएको स्टलमा लामबद्ध गरेर राखिएको छ । तर, बिक्री भने अत्यन्तै न्यून मात्रमा भएको व्यवसायी दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डाँडा कटेरीका शेर्पा तामाङ बताउँटछन् । उनी भन्छन – ‘अरुत फाट्टफुट्ट भएको देखिन्छ, किवी त जाँदै जाँदै न’ महोत्सव अन्तिम भइसक्यो । त्यत्ति कसैले रुचाएको पाइन ।
महोत्सवमा किवी बिक्री नहुँदा उनीहरू चिन्तित बनेका छन् ।
११ दिनको बृहत रामेछाप महोत्सवमा हिजो बिहीबारसम्म प्रमोद खरेल, राजनराज शिवाकोटी, रमेश राज भट्टराइ, रामकुमार नेपाली प्रिती आले, ज्योति मगर, सरोज लामिछाने जस्ता राष्ट्रिय गायक गायिकाहरुले साँगितिक मनोरञ्न दिईसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button