महोत्सवमा ३० जनाले गरे रक्तदान

रामेछाप । ‘वृहत् रामेछाप महोत्सव’ संचालनको १० औँ दिनको अवसर पारेर शनिवार गरिएको खुल्ला रक्तदानमा ३० जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा वृहत् रामेछाप महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा रक्तदान गरिएको संघका महासचिव कुमार श्रेष्ठले बताए । बाँकी रगत नभए पछि रक्तदान गर्न रेडक्रसले उद्योग वाणिज्य संघलाई अनुरोध गरेको हुँदा रक्तदानको आयोजना गरेको श्रेष्ठले बताए ।
रक्तदान कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्यहरू, रेडक्रसका पदाधिकारी, पत्रकारहरू लगायत ३० जनाले रक्तदान गरेका थिए ।
जाडोको मौसम सुरु भए यता जिल्लामा रगतको अभाव रहेकोले रक्तदान कार्यक्रम गर्न अनुरोध गरिएको रेडक्रस रामेछापका शाखा प्रमुख विष्णु बहादुर बुढाथोकीले बताए । उनले भने– ३० पाउन्ड रगत संकलन भएको छ, जिल्लामा मासिक ३० देखि ३५ पाउन्ड रगत खपत हुँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button