वृहत् रामेछाप महोत्सवको आज समापन, ५० हजार बढिले गरे अवलोकन

रामेछाप । वृहत् रामेछाप महोत्सव माघ ७ गते आइतबार (आज) समापन हुँदै छ । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ संचालन भएको वृहत् रामेछाप महोत्सव – २०८० समापन प्रतिनिधि सभा सदस्य माननीय पूर्णबहादुर तामाङ कान्छाराम’ बाट हुने भएको आयोजक रामेछाप उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
वृहत् रामेछाप महोत्सव – २०८० को समापन दिउसो १ बजे हुने भएको छ । समापन कार्यक्रम पश्चात् दिउँसो ४ बजे देखि राति ९ बजे सम्म विभिन्न सांस्कृतिक कार्यक्रमका संचालन हुने संघका महासचिव कुमार श्रेष्ठले बताए । जिल्ला भित्र र बाहिरका गरी करिब ५० हजार बढिले महोत्सव अवलोकन गरेको श्रेष्ठले जानकारी दिए । महोत्सव पौष २६ गतेदेखि सुरु भएको थियो ।