खाँडादेवी गाउँपालिकामा मेडिकल ड्रोन र मोबाइल अस्पताल संचालन हुँदै

रामेछाप । खाँडादेवी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन लागेको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । पालिकाले गाउँ गाउँमा छिटो र छरितो तरिकाले मेडिकल ड्रोन र मोबाइल हस्पिटल संचालन गर्न लागेको श्रेष्ठले बताएका हुन् ।
नेपालका वैज्ञानिक महावीर पुनले नेपालमै नेपाली विद्यार्थीले उत्पादन गरेको मेडिकल ड्रोन पालिकाले कुरेर बसेको उनले बताए । उनले भने – बाहिरी देशमा ६–७ लाख पर्ने ड्रोन नेपालमा १० लाख परे पनि नेपाली विद्यार्थीले उत्पादन गरेको ड्रोन प्रयोग गर्न कुरेका हौँ ।
महावीर पुनसँगको समन्वयमा नेपालमा पहिलो पटक यसै पालिकाबाट परीक्षण सँगै मेडिकल ड्रोन संचालनमा ल्याउन लागिएको उनको भनाई छ । उनले भने – ड्रोनले ५ केजी औषधि बोकेर स्वास्थ्य संस्था सम्म पुग्छ । गाडीमा धेरै औषधि लग्दा म्याद सकिने र फाल्दा राज्यको सम्पत्ति नष्ट हुने हुँदा यो प्रविधि अपनाउन लागिएको हो ।
गत बर्षनै पालिकाले मेडिकल ड्रोन र मोबाइल अस्पतालका लागी बजेट विनियोजन गरिसकेको श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार महावीर पुनले ड्रोन दिन नसकेको कारणले मात्र मेडिकल ड्रोन संचालन हुन सकेको छैन ।
आँखा, दाँत, मुटु , एक्स–रे मेसिन, बर्थीङ बेडको साथमा एमबिबिएस डाक्टर राखेर महिला प्रसूति लगायत अन्य सेवासहित बस्ती बस्तीमा वडा वडामा अस्पताल पु¥याउन मोबाइल अस्पतालको अवधारणा ल्याएको श्रेष्ठको भनाई छ ।
उनले भने – शिविर तथा अस्पताल जान नसक्ने बिरामीहरूले मोबाइल अस्पतालबाट सेवा लिन सक्नेछन् । मोबाइल अस्पतालका लागी एम्बुलेन्सको ’बढी’ बनाउन पालिकाले १० लाख सम्म खर्च गर्ने र बाँकी आवश्यक मेसिन औजारको लागी रोटरी क्लबका डा.इन्द्र श्रेष्ठ बाट १ करोडको खर्चमा मोबाइल हस्पिटलको निर्माण कार्य सम्पन्न हुन लागेको छ । अव प्रत्येक बस्तीहरूमा मोबाइल अस्पताल संचालन हुने छ । एम्बुलेन्स बनिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button