रामेछापका गाईपालक पुगे सिन्धुली प्रशासनमा

रामेछाप । रामेछाप दुग्ध सहकारी संस्थाले ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेका छन् । संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गाईपालक कृषकहरूको परालको भूषा ढुवानीमा सिन्धुली प्रशासनले लगाएको सिन्डीकेड खारेजीको माग सहित आइतबार सिन्धुली प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी भरत खनाल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो समयमा मन्थली र आसपासको क्षेत्र दूध उत्पादनमा आत्मनिर्भर भए सँगै कृषकहरूलाई गाई भैसिका लागि आवश्यक परालका लागि तराईको भर पर्नु पर्ने बाध्यता रहेको र उक्त सडकबाट पराल ढुवानी गर्दा सिन्धुलीको सडक प्रयोग गर्नु पर्ने बाध्यतालाई कम्जोरीका रुपमा लिएर सिन्धुली प्रशासनले परालको भूषा ढुवानीमा सिन्डीगेट लगाएको आरोप रामेछापका गाईपालकहरुको छ ।
परालको भूषा ढुवानीमा माल बाहक ट्रकले २ सय बोरा सम्म बोक्न सक्ने क्षमता हुँदा हुँदै पनि सडकको कारण देखाउँदै प्रशासनले प्रति गाडी १ सय बोरा भन्दा बढी बोक्न नपाउने गरी सिन्डिकेटलगाएको र त्यसको प्रत्यक्ष मार कृषकहरूले बेहोर्दे आएकाले भूषा ढुवानीमा सेन्डीगेट नलगाउन ज्ञापन पत्रमा माग गरिएको छ ।