झारो टार्दै, पारदर्शीताको भ्रम फैलाउँदै

सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबिच सार्वजनिक रूपमा हुने प्रत्यक्ष अन्तर्क्रिरया सार्वजनिक सुनुवाइ हो । सार्वजनिक सुनुवाइ जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अंगिकार गरेको हुन्छ । यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सेवाग्राहीबिच सेवा–प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्यांकन, सुझाव र पृष्ठपोषण प्रदान गरिन्छ । नियमित र खुला अन्तर्क्रिरयाको माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको उद्देश्य हो ।
सूचनाको हकसम्बन्धी ऐन तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले पनि सेवाप्रति सेवाग्राहीको सुझाव तथा सुनुवाइलाई जोड दिएको छ । यसबाट सेवाग्राहीका गुनासा सेवा–प्रदायकले सुनी पुनः नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्छन् ।
तर मन्थली नगरपालिकाले गरेको सार्वजनिक सुनुवाइ प्रक्रिया पु¥याउने, झारो टार्ने र आफू पारदर्शी छु भन्ने भ्रम फैलाउने खालको भएको प्रस्ट देखिन्छ ।
अघिल्लो पटक मन्थली नगरपालिकाले गरेको सार्वजनिक सुनुवाइहरूमा वडा अध्यक्षहरू नै उपस्थित नभएको, वडा अध्यक्षहरूले नै सार्वजनिक सुनुवाई अघोषित बहिष्कार गरेको, सार्वजनिक सुनुवाईमा कर्मचारी र केही वरपरका व्यक्तिहरू मात्रै उपस्थित भएको, नगरपालिकाको व्यवस्थापन फितलो रहेको जस्ता समाचारहरू सञ्चार माध्यममा आए । संचार माध्यमहरूले नगरपालिकाको कमीकमजोरी माथि प्रश्न उठाई रहे ।
मन्थली नगरपालिकामा १४ वटा वडाहरू छन् । सार्वजनिक सुनुवाइ १४ वटै वडाका नागरिकहरूका लागि संचालन गरिएको हो । कामको व्यस्तता तथा अपायक सार्वजनिक सुनुवाइको स्थल चुनिनुले पनि सार्वजनिक सुनुवाइमा चाहना हुँदा हुँदै पनि नागरिकहरू उपस्थित हुन सक्दैनन् । सार्वजनिक सुनुवाइमा उपस्थित नभएका नागरिकहरूलाई त्यहाँ के भयो? र नगरपालिकाको कमीकमजोरीको बारेमा सुझाव तथा टिप्पणीका लागि पनि संचार माध्यमहरूलाई सार्वजनिक सुनुवाइमा प्रमुखताका साथ खबर गरिन्छ ।
शुक्रवार (हिजो) मन्थली नगरपालिकाले पुनः सार्वजनिक सुनुवाइ सम्पन्न ग¥यो । तर संचार माध्यम कसैलाई खबर नै गरेन । नगरपालिकाले झारो टार्न पत्रकारहरूको पनि उपस्थिति छ है भनेर देखाउन पत्रकार महासंघ रामेछापका अध्यक्षलाई आसनग्रहण गर्न आउनु भनी पत्र थमायो र सबै संचारमाध्यमलाई कुनै मतलब नै गरेन ।
पत्रकार महासंघ रामेछापलाई पत्र आएपछि अन्य संचार माध्यमलाई किन सूचना नदिएको भन्ने सवालमा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले भने– पत्रमा महासंघको प्रतिनिधित्वका लागि पत्राचार गरिएको थियो । सोही अनुरूप म कार्यक्रममा उपस्थित भएँ । पछि अरू पत्रकार साथीहरूलाई नदेखेपछि ’पत्रकार साथीहरू देख्दिन त’ भनेर मन्थली नगरपालिकाका सूचना अधिकारी तथा महाशाखा प्रमुख हेमन्त बुढाथोकी सँग सोधेँ । ’उहाँले पत्रकारहरूलाई बोलाएर व्यवस्थापन गर्न नसक्ने’ भन्ने गैर जिम्मेवारीपूर्ण जवाफ दिनुभयो ।
सार्वजनिक निकायले प्रवाह गर्ने सेवा र सम्पादन गरेकाका कामका बारेमा सेवाग्राहीहरूलाई जानकारी गराई त्यससम्बन्धी जिज्ञासा मेटाउनुका साथै सेवाग्राहीहरूका सुझावहरूलाई ग्रहणगरी सेवालाई थप प्रभावकारी बनाउनका लागि सुशासनका औजारहरू मध्य महत्त्वपूर्ण औजार हो, सार्वजनिक सुनुवाइ । तर सुशासनका लागि सदैव खबरदारी गर्ने संचार माध्यमलाई किन खबर गरिएन भन्ने सवालमा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईले हामीले पत्रकार महासंघलाई खबर गरेका थियौ भने । महासंघलाई त आसनग्रहण बारे पत्र लेख्नु भएको हैन र भनेर पुनः प्रश्न गर्दा उनले भने – पत्रकार महासंघले समाचार सम्प्रेषण गर्छ भनेरै जानीजानी अरूलाई नबोलाएकै हो ।
नगरका प्रवक्ता गोपाल श्रेष्ठ समेत यो विषयमा अनविज्ञ रहेको बताउँछन् । उनले भने– यो बारेमा प्रशासनलाई थाहा होला । म आफै सार्वजनिक सुनुवाइमा पुगिन ।
मन्थली नगरपालिकाले नगरको वडा नं. १३ हर्रेचिण्डेमा पुगेर शुक्रवार सार्वजनिक सुनुवाइ सँगै घुम्तिशिविर सम्पन्न ग¥यो । प्रश्न गर्न आएका नागरिकलाई शिविरमा भुल्याउने नगरको चलाखी गजब देखिन्छ । सार्वजनिक सुनुवाइ सँगै घुम्ति शिविर राखेर नागरिकको उपस्थिति बाक्लो देखाउने नगरको चतुर्यता यो पटक पनि फेल खायो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button